सहिद स्मारक ए डिभिजन लिगमा आज (आइतबार) तीन खेल हुँदै छन्।
अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)का अनुसार दुई खेल दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । जसअनुसार दिउँसो साढे २ बजे दशरथ रङ्गशालामा त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा आमनेसामने हुनेछन् । सोही स्थानमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल यूथ क्लबसँग भिडनेछन् । यो खेल भने ५ः३० मा सुरु हुनेछ ।
उता, अपराह्न साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो यूथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।
खेलकुदप्रकाशित: २१ फागुन २०७९ ०८:४७ आइतबार