नेपालले ओडीआई मान्यता जोगाउँदा समर्थकमा छाएको खुशी [फोटोफिचर]

नेपालले ओडीआई मान्यता जोगाउँदा समर्थकमा छाएको खुशी [फोटोफिचर]


आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । 

घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको हो । 

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ । आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको छ । 

नेपालले लिग–२ मा अब दुई खेल खेल्न बाँकी छ । जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । युएईले समान खेलमा ३१ अङ्क बनाएको छ । युएई लि–२ को छैटौँ स्थानमा छ । उसले पनि अब दुई खेल्न बाँकी छ । यस्तै पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । लिग–२ का यि तीन राष्ट्रसँगै  स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका समेत रहेका छन् ।  

तस्विरमा समर्थक-

May be an image of one or more people, people standing, crowd and outdoors

May be an image of one or more people, people standing, crowd and outdoors

May be an image of one or more people, people sitting, people standing, outdoors, crowd and text that says 'CAN'

May be an image of 1 person, standing, outdoors and crowd

May be an image of one or more people, people standing, outdoors, crowd and text that says 'L CAN'

May be an image of one or more people and crowd

May be an image of one or more people, people standing, outdoors, crowd and text that says 'CAN'

May be an image of one or more people, outdoors and crowd

May be an image of 1 person, nature, tree, sky and text that says '1 CAN'

May be an image of one or more people, people standing, outdoors and text that says '1 CAN'

May be an image of 1 person, playing a sport, outdoors and text

May be an image of one or more people, people standing and crowd

May be an image of 12 people, people standing and grass

Logo