पीएनजीविरुद्ध युएईका कप्तान वासिमको सानदार शतक, गरे छक्काको वर्षा

पीएनजीविरुद्ध युएईका कप्तान वासिमको सानदार शतक, गरे छक्काको वर्षा


युएईका कप्तान मोहम्मद वासिमले आइसीसी विश्वकप लिग -२ अन्तर्गत पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गरेका छन् । 

टीयु क्रिकेट मैदानमा पपुवा न्युगिनीले दिएको २३५ रनको विजयी लक्ष्य पछ्याएको युएईका लागि कप्तान वासिमले विष्फोटक व्याटिङ गर्दै सानदार शतक बनाएका हुन् । सो क्रममा उनले ६० बलमा ४ चौका र ११ छक्का प्रहार गरे । उनको यो ओडिआई करिअरको पहिलो शतक हो । साथै उनले युएईबाट सर्वाधिक छिटो शतक हान्ने कीर्तिमानसमेत बनाएका छन् ।

हाल २२ ओभरको खेलमा २ विकेट गुमाउँदै युएई १४९ रन बनाएर खेलिरहेको छ ।   

Skip This
Logo