नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


इटालियन क्लब नापोली युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउण्ड अफ १६ अन्तर्गत बुधबारराति जर्मनीको फ्रान्कफुर्टलाई ३–० ले हराउँदै समग्रमा ५–० को जितसहित नापोली क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २–० ले हराएको थियो ।

दोस्रो लेगको खेलका पहिलो हाफको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । उनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ६४ औं मिनेटमा पिओट्र जेलिनिस्कीले गोल गर्दै नापोलीलाई ३–० को जित दिलाए ।

Logo