नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईलाई ९ रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै सोझै विश्वकप छनोटमा स्थान बनायो । विश्वकप लिग–२ मा शीर्ष तीनमा पर्दै नेपालले आगामी जुन जुलाईमा सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु दर्शकको भरपूर साथ पाएको नेपाली टोलीले अन्तिममा सबैलाई खुसी बनायो । जुन नेपाली क्रिकेटको ऐतिहासिक दिन बन्यो । नेपालमा क्रिकेटप्रतिको क्रेजमा विदेशी खेलाडीहरुले खुलेरै तारिफ गरेका छन् । बिहीवारको अन्तिम खेलमा पनि त्रिवि मैदानमा २५ हजारभन्दा बढी समर्थक उपस्थित भए । यो अहिलेसम्मकै ठूलो उपस्थिति भएको दाबी गरिएको छ ।
तस्विर स्राेतः क्यान
प्रतिक्रिया