रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन


युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्। 

मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्। युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगलले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ। 

पोर्चुगल कतार विश्वकपमा मोरोक्कोसँग १–० गोलले हारेपछि प्रशिक्षक फर्नान्डो सान्तोसलाई प्रतिस्थापन गरेका मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गरेका हुन्।

उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको र आफूले खेलाडीको उमेर नहेरी अनुभव हेर्ने बताए । मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताए।

पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ ।

रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा १ सय १८ गोल गरेका छन्।

Skip This
Logo