इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले मुख्य प्रशिक्षक प्याट्रिक भिएरालाई बर्खास्त गरेको छ।क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्रिस्टल प्यालेसले प्याट्रिकलाई बर्खास्त गरेको हो।
भिएरा सन् २०२१ को जुलाई ४ मा उनी क्रिस्टल प्यालेसको प्रशिक्षक बनेका थिए। क्रिस्टल प्यालेस प्रिमियर लिगमा २७ खेल खेलेर २७ अंक जोड्दै १२औं स्थानमा छ। भिएराको बर्खास्तीपछि क्लबले नयाँ प्रशिक्षकको नियुक्ती प्रक्रिया चलिरहेको जनाएको छ।
खेलकुदप्रकाशित: ४ चैत २०७९ ११:३९ शनिबार