नयाँ टिम र नयाँ चुनौतिकाे सामना गर्दै सफल हुन्छौँ -कप्तान किरण

नयाँ टिम र नयाँ चुनौतिकाे सामना गर्दै सफल हुन्छौँ -कप्तान किरण


नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतिपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा कप्तान चेम्जोङले तयारी छोटो समय भएको र चुनौतिपूर्ण रहेको बताएका हुन् । भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरु सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए । 

उनले प्रशिक्षक र टिम नयाँ भएको भएपनि एक अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए । 

यस्तै, यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली निमार्ण गरेको बताए । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांस युवा खेलाडी समेटिएको उनले बताए । 

लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निमार्ण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने उनले बताए । 

मुख्य प्रशिक्षक एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने बताए । पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दैछ । 

यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीबिरुद्ध राम्रो खेल्ने बताए । उनले भविष्यका लागि टीम बनाइरहेको भन्दै हाललाई लिगले गर्दा तयारी अपेक्षा अनुसारको गर्न नसकेको बताए । तर नेपालबिरुद्ध प्रतिष्पर्धात्मक खेल खेल्ने उनले बताए । 

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए । 

यता पछिल्लो संस्करणको एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताए । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको उनले बताए । युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसावले सक्षम भएको र शत प्रतिशत दिएर खेल्ने उनको भनाई छ ।  

भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए । पछिल्लो पटक दशिक्षण एशियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आफू खुशी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको चेन्चोले बताए । उनले टोलीमा केही अनुभवी खेलाडी समेटीएको र युवा प्रतिवान खेलाडीको सम्मिश्रण रहेका राम्रो खेल हुने बताए । 

सिंगल राउण्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।  नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनासीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो ।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ । यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

Logo