लाओसमाथि नेपालको सानदार जित, अनन्त र नवयुगले गरे उत्कृष्ट गोल

लाओसमाथि नेपालको सानदार जित, अनन्त र नवयुगले गरे उत्कृष्ट गोल


नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटनमा नेपालले  लाओसमाथि २-० को सानदार जित दर्ता गरेको हो । 

दशरथ रंगशालामा भएको खेलको पहिलो आफर दोस्रो हाफमा समान एकएक गोल भएको थियो ।  ३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । एरिक विष्टको कर्नरमा उनले हेडरमार्फत गोल गरेका हुन् ।

साथै दोस्रो हाफको ५६ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले लामो दुरीबाट सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले मैदानको लाओस पक्षको मैदानको मध्यभागबाट प्राप्त बललाई पहिलो टचमा नै गोल पोष्टको जाली चुमाएका थिए । बाँकी समयमा दुवै टोलीले राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा नेपाल विजयी बन्यो । 

प्रतियोगितामा भुटान पनि रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

Logo