अफगानिस्तानमाथि पाकिस्तानको सहज जित

अफगानिस्तानमाथि पाकिस्तानको सहज जित


पाकिस्तानले अन्तिम तथा तेस्रो टि २० आई खेलमा अफगानिस्तानलाई ६६ रनले हराउँदै क्लिनस्वीपको हार व्येहोर्नबाट बचेको छ । सिरिज भने सुरुवाती दुई खेल जित्दै अफगानिस्तानले जितेको थियो ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १८.४ ओभरमा १ सय १६ रनमा अल आउट भयो । पाकिस्तानका तीव्र गतिका बलर इहसनउल्लाहले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

शादब खानले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले एक एक विकेट लिए ।
अफगानिस्तानमा आजमतुल्लाह ओमरजाईले २० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २१ रन बनाए । रहमानउल्लाह गुरबाज १८, उस्मान घानी १५, मोहम्मद नाबी १७ र राशिद खान १६ रनमा आउट भए ।

त्यसअघि शाहजाहमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । पाकिस्तानका ओपनर सैम अयुबले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।

अब्दुल्लाह शफिक १३ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । इफ्तिखर अहमद २५ बलमा २ छक्कासहित २१ र इमाद वासिम १३ रनमा आउट भए । कप्तान शादब खानले १७ बलमा ५ चौकासहित २८ रन जोडे।

अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, राशिद खान र करिम जन्नतले एक एक विकेट लिए।

पाकिस्तानले आफ्ना प्रमुख खेलाडी बाबर आजम, मोहम्मद रिजवान, फखार जमान, शाहिन शाह अफ्रिदी, हरिस रौफ लगायतका खेलाडीलाई यस सिरिजमा भने विश्राम दिएको थियो।

Logo