साफ यु-१७ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

साफ यु-१७ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै


साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलवार आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ।

नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ। नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ।

नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो। नेपालले दोस्रो खेलमा भूटानलाई हराएको थियो। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

Logo