मेयर कप क्रिकेटमा आज दुई खेल हुदैँ

मेयर कप क्रिकेटमा आज दुई खेल हुदैँ


मेयर कप क्रिकेटमा आज दुई खेल हुदैँछन् । खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लव र ललितपुर मेयर्स ११ बीच प्रतिष्पर्धा हुनेछ। फाइनलमा स्थान पक्का गरिसकेको एपीएफ आजको खेल जित्दै समूह विजेता बन्न चाहन्छ।

प्रतियोगिताबाट बाहिरीसकेको ललितपुर आज सान्त्वना जितको खोजिमा रहनेछ। आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेस प्रदेशबीचमा प्रतिष्पर्धा हुँदैछ।

खेल दिउँसो १ बजे शुरु हुनेछ। फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रा पक्का गर्न चाहन्छ।

Logo