पदम लिम्बुलाई सहिद घोषणा गर्न जसपाको माग

पदम लिम्बुलाई सहिद घोषणा गर्न जसपाको माग


जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गरेको छ । 

जसपाका प्रवक्ता मनिष सुमनले आज एक विज्ञप्ति जारी विज्ञप्तिमा पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बुको निधनप्रति दुख व्यक्त गर्दै जसपाले लिम्बुलाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

करिब एक महिनादेखि कोशी प्रदेशमा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा जसपाले गुनासो गरेको छ । पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस अघिका झैँ वर्तमान सरकार पनि असहिष्णु देखिएको टिप्पणी पनि गरेको छ ।

पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्धत देखिएको दाबी गर्दै जसपाले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नरहेको स्पष्ट पारेको छ । 

Logo