नेपाल–भुटान खेल : भुटानले लियो शुरुवाती अग्रता

नेपाल–भुटान खेल : भुटानले लियो शुरुवाती अग्रता


दशरथ रंगशालामा भइरहेको थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत  नेपाल र भुटानबीच शुरु भएको​ लिग चरणको अन्तिम खेलको १९ औं मिनेटमा भुटानले गोल गरी अग्रता लिएको छ।

खेल त्रिुपरेश्वरस्थित रंगशालामा साँझ ६ बजे शुरु भएको हो। तीन राष्ट्र नेपाल, भुटान र लाओस सहभागी रहेको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोलले पराजित गरेको थियो। लाओसले दोश्रो खेलमा भुटानलाई २-१ गोलले पराजित गरेको थियो।आजको खेल नेपालले जिते दुवै खेल जित्दै अंकतालिकाको शीर्षमा रहेर फाइनलमा पुग्नेछ भने भुटान बाहिरिनेछ र लाओस २ मध्ये १ खेलमा जितसहित फाइनल पुग्नेछ।

Logo