भुटानसँग बराबरीमा रोकिएपनि नेपाल फाइनलमा

भुटानसँग बराबरीमा रोकिएपनि नेपाल फाइनलमा


नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणकाे अन्तिम खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । 

दशरथ रंगशालामा हारतर्फ उन्मुख देखिएको नेपाली टोलीका लागि अन्तिम समयमा दिपक राज सिंह ठकुरीले गोल गरेपछि  फाइनलको यात्रा तय गरेको हो । खेलको २०औं मिनेटमा न्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ९०औं मिनेटमा दिपकले गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । अनन्त तामाङले दिएको हेडरलाई उनले गोलमा परिणत गरेका थिए । थप गरिएकाे समयमा नेपालबाट एक गाेल भएपनि अफसाइड भएकाे थियाे 

यससँगै नेपाल र लाओस फाइनल खेल्ने भएका छन् भने भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो । नेपाल ४ अंकसहित शीर्षस्थानमा छ । 

Logo