युरो क्वालिफायरमा क्रोएसिया विजयी

युरो क्वालिफायरमा क्रोएसिया विजयी


गत फेब्रुअरी सुरुवातमा टर्कीमा गएको शक्तिसाली दुई भूकम्पपछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल भएको छ। करीब ५० हजारको मृत्यु भएको भूकम्पमा अर्बौँको क्षती भएको थियो।

इस्तानबुलमा खेल सुरु हुनुअघि एक ठूलो ब्यानर सार्वजानिक गर्दे भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना गरिएको थियो। युरो क्वालिफायरमा क्रोएसियाविरुद्धको खेलमा चेल्सीका माटेओ कोभासिसले दुई गवद्य गर्दा विश्वकपको सेमिफाइनलिस्ट क्रोएसिया विजयी भएको थियो। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो। २० औँ मिनेटमा पहिलो गोल गरेको क्रोएसियाले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाएको थियो।

टर्कीलाई हराएसँगै समूह डी मा क्रोएसिया दोस्रो स्थानमा उक्लिएको छ। टर्कीको भने यो दोस्रो खेलमा पहिलो हार हो। २ खेलमा वेल्स र क्रोएसियाको समान ४-४ अङ्क रहँदा टर्कीको ३ अङ्क रहेको छ।

Logo