विश्व कप छनोटमा क्यानडासँग अमेरिका २६ रनले पराजित

विश्व कप छनोटमा क्यानडासँग अमेरिका २६ रनले पराजित


आईसीसी विश्व कप छनोट प्लेअफमा क्यानडाले लगातार दोस्रो जित निकालेको छ।नामिबियाको विन्डोकमा हिजो भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो। लगातार दोस्रो जितसहित क्यानडा २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । 

क्यानडाले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अमेरिका ४७ ओभर ३ बलमा १ सय ७२ रनमा अलआउट भएकाे हाे । अमेरिकाका सुशान्त मोदिनीले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । क्यानडाका साद विन जाफर र कलिम सानाले समान ३/३ विकेट लिएका थिए । 
 

Logo