1
1
Kendrabindu - News & Articles from Nepal

बक्सिङमा नेपालका ६ खेलाडी फाइनलमा

1
1
1
1
1
1
1

काठमाडौं,

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङतर्फ नेपालका चार महिला र दुई पुरुष खेलाडी फाइनल प्रवेश गर्नुभएको छ ।

सातदोबाटोमा शनिबार भएको महिलातर्फको ४८ किलो तौल समूहमा नेपालकी ललिता महर्जन, ५४ किलो तौल समूहमा मिनु गुरुङ, ६० किलो तौल समूहमा सङ्गीता सुनार र ६४ किलो तौल समूहमा पुनम रावल फाइनलमा प्रवेश गर्नुभएको छ । ललिताले श्रीलङ्काका नादिका पुष्प रनासिङ्घे अर्चचिघेलाई अङ्कका आधारमा हराउनु भएको हो ।

यस्तै मिनुले बङ्गलादेशका ओनिता इस्लामलाई अङ्ककै आधारमा पराजित गर्नुभएको हो । सङ्गीताले पनि श्रीलङ्काकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अङ्ककै आधारमा हराउनु भएको हो भने पुनम बाई पाएर सोझै फाइनल पुग्नुभएको हो ।

यस्तै पुरुष ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर बङ्गलादेशका मोहमद अलामिनलाई अङ्कका आधारमा हराउँदै फाइनल पुग्नुभएको छ । पुरुष ९१ किलो तौल समूहमा आशिष दुवाडी बाई पाएर सोझै फाइनल प्रवेश गर्नुभएको छ । शनिबारसम्पन्न खेलमा पुरन राई र सुशील थापामगरले कास्य पदक पक्का गर्नुभएको छ । पुरुष ४९ किलो तौल समूहमा थापामगर भारतका विनोद तनवरसँग अङ्कका आधारमा पराजित हुनुभयो । यस्तै ५६ किलो तौल समूहमा राई सेमिफाइनलमा बङ्गलादेशका मोहमद रोविन मियासँंग पराजित हुनुभयो ।

प्रकाशित: २२ मंसिर २०७६ ०६:०८ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी