उपनिर्वाचनमा कांग्रेसलाई विजयी गराउन केन्द्रीय सदस्य पराजुली सक्रिय, चितवन पनि पुगे

उपनिर्वाचनमा कांग्रेसलाई विजयी गराउन केन्द्रीय सदस्य पराजुली सक्रिय, चितवन पनि पुगे


नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली आगामी वैशाख १० गते उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय देखिएका छन् । 

मोरङका केन्द्रीय सदस्य पराजुलीको नेतृत्वमा एक टोली हाल उपनिर्वाचन हुने चितवन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा व्यस्त छन् । सो क्षेत्रमा कांग्रेसका तर्फबाट जित नारायण श्रेष्ठ प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका छन् ।

सो क्षेत्रमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट केन्द्रिय अध्यक्ष रवि लामिछाने चुनावी मैदानमा छन् । 

गत मङ्सिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट भारी मतले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट पदविहीन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

यसअघि पराजुलीको टोली उपनिर्वाचन हुने तनहुँ १ मा पनि पुगेको थियो । उनीहरु पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन भन्दै तनहुँका विभिन्न चुनावी कार्यक्रममा सहभागि भएका थिए । 

Logo