सांसद आचार्यको प्रश्नः सरकारलाई पूर्णता दिन कति दशक लाग्छ ?

सांसद आचार्यको प्रश्नः सरकारलाई पूर्णता दिन कति दशक लाग्छ ?


नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले देशलाई बन्धक बनाएर जाने छुट कसैलाई नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले देशलाई  बन्धक बनाएर जाने छुट कसैलाई नभएको भन्दै मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।

उनले भने, ‘देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन । आज यो अवस्थाबाट मुलुक गुज्रिरहेको छ । सरकार प्रति मेरो प्रश्न छ ।’  

सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्न समेत उनले गरे । ‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ?’ उनले थपे, ‘अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा शताब्दी लाग्छ ? उत्तर चाहियो ।’

उनले मुलुकमा किसान, मजदुर र जनता सबै समस्या रहेको बताउँदै राज्यले कसैको समस्यामा पनि ध्यान नदिएको जिकिर गरे ।  

सरकारले जनताको काम नगर्ने तर जनताको नाममा गफ दिएर हिड्नु  बेकार भएको पनि सांसद आचार्यको भनाइ थियो । 

Logo