रुपन्देहीको सियारी-३ भैसाखादरमा गोली चल्दा एक युवा घाइते भएका छन् । खुट्टामा गोली लागेर गम्भीर घाइते भएका ती युवालाई उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा पुराइएपनि त्यहाँ उपचार हुन नसकेपछि बुधबार राति पौने १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।
बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका २६ वर्षीय विरेन्द्र केवटलाई ३ जनाको समूहमा आएको युवाहरुले गोली चलाउँदा घाइते भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया