जसपाले प्रहरीकै संरक्षणमा बुथ कब्जा गरेको सिके राउतको आरोप

जसपाले प्रहरीकै संरक्षणमा बुथ कब्जा गरेको सिके राउतको आरोप


जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले आरोप लगाएका हुन् ।

आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले आरोप लगाए । आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ । 

स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ । 

Logo