आत्मघाती गोलमा चेल्सीको पराजय, लगातार पाँचौ हार

आत्मघाती गोलमा चेल्सीको पराजय, लगातार पाँचौ हार


इंग्लिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ । घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २-० ले पराजित हुन पुगेको हो। चेल्सीको यो लगातार पाँचौं हार हो । 

स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औँ मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए। अन्ततः कतैबाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १-० मा नै टुंगियो। 

दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन्। तर, खेलको ७८औँ मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २-० मा टुंगियो। यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औँ स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौँ स्थानमा उक्लिन पुगेको छ।

Logo