राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेन बिच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेन बिच भेटवार्ता


राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहनु भएका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका बिच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।

अध्यक्ष तिमिल्सिनाले  दुई तिहाइ भन्दा बढी बौद्दमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालकाबिच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका छन् ।  

Logo