आईपीएलमा बेङ्लोरविरुद्ध दिल्लीको सहज जित

आईपीएलमा बेङ्लोरविरुद्ध दिल्लीको सहज जित


इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। 

बेङ्लोरका जस हेजलउड, कर्ण शर्मा र हर्सल पटेलले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

बेङ्लोरका विराट कोहलीले ५५ रन बनाएका थिए । मणिपाल लोम्रोरले ५४ रन जोड्दा कप्तान फाफ डु प्लेसिसले ४५ र दिनेश कार्तिकले ११ थपेका थिए । दिल्लीका मिचेल मार्सले दुई विकेट लिए । यस्तै, खलिल अहमेद र मुकेश कुमारले एक–एक विकेट लिए ।

दिल्लीका मिचेल मार्सले दुई विकेट लिए । यस्तै, खलिल अहमेद र मुकेश कुमारले एक-एक विकेट लिएका थिए।  जितसँगै १० खेलबाट आठ अंक जोडेको दिल्ली तालिकाको आठौँ स्थानमा उक्लिएको छ। समान खेलबाट १० अंक जोडेको बेङ्लोर तालिकाको पाचौँ स्थानमा छ ।

Logo