काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले किर्गिस्तानसँग खेल्दै

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले किर्गिस्तानसँग खेल्दै


एनएससी काभा महिला भलिबल च्यालेन्ज कप आज साेमबारदेखि नेपालमा सुरु हुँदैछ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा मध्य एसियाका आठ वटा देशले प्रतिस्पर्धा गर्दैछन्।

आयोजक नेपालले उद्घाटन खेलमा आज साेमबार किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा दिउँसो साढे ४ बजे हुने छ। यस्तै अहिले बिहान साढे ९ बजे उज्वेकिस्तान र श्रीलङ्का खेल्दै छन्। बङ्गलादेश र भारतको खेल दिउँसो १२ बजे हुनेछ भने माल्दिभ्स र काजकिस्तानबीचको खेल बेलुका ७ बजे हुनेछ।

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन्। त्यस्तै समूह 'बी' मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्। 

Logo