काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज भारतसँग भिड्दै

काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज भारतसँग भिड्दै


एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बुधबार भारतको सामना गर्दैछ।राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ। पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ । घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्न चाहन्छ ।यस समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ ।

Logo