काजकिस्तानलाई हराउँदै भारत च्याम्पियन

काजकिस्तानलाई हराउँदै भारत च्याम्पियन


भारतले पहिलोपटक एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा काजकिस्तानमाथि ३-० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको भारतले दोस्रो २५-२२ तथा तेस्रो सेटमा २५-१८ जित दर्ता गरेको हो । 

प्रतियोगितामा पहिलोपटक सहभागी बनेको काजकस्तानको यो सिनियर टोली नभएर घरेलु लिग खेलिरहेको टोली रहेको बताइएको छ । 

दुई पटकको च्याम्पियन घरेलु टोली नेपाल भने प्रतियोगितामा तेस्रो रह्यो । आइतबार उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो । सेमिफाइनलमा नेपाल काजकिस्तानसँग पराजित भएको थियो । 

त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो । 

Logo