जाल्पा लघुवित्तको ४ असारमा वार्षिक साधारणसभा हुने

जाल्पा लघुवित्तको ४ असारमा वार्षिक साधारणसभा हुने


जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आउँदाे ४ असारमा वार्षिक साधारणसभा बोलाएको छ। 

सभामा गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशतमा बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस हुनेछ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ। यता, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ।

साधारणसभा एस आर होटल, ड्राइभरटोल रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ जेठमा बुक क्लोज हुने भएकाले २२ जेठसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

Logo