1
1
1
1
1

करातेका स्वर्ण विजेताद्वय अनु र सुनिता सम्मानित

1
1
1
1
1
1

काठमाडौं । सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेताद्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ । सर्वशक्तिको पाँचौं वार्षिक साधारण सभाका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सर्वशक्तिका अध्यक्ष सुरेन्द्र महर्जन र सर्वशक्तिका सचिव दिलबहादुर बुढाथोकीले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा एकेएफ परिक्षाको जज ‘ए’ श्रेणीमा उत्तीर्ण हुन सफल महेश महर्जनलाई पनि नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

कराते टोली भारत प्रस्थान

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आइतबार भारतको बैंगलुरु प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय करातेमा सहभागी हुन भारत जान लागेको कराते टोली ।

उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव भण्डारी, आशा तामाङ, प्रमिला तामाङ, दिक्षा श्रेष्ठ, श्याम तामाङ, सजना माझी, विशाल केसी, सोनाम तामाङ, तारा तामाङ, पविना सुवेदी, रोशन खाती, सन्जिव तामाङ, विश्वास हायु, अर्यान भण्डारी र दिनेश भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा गुर्मी शेर्पा, व्यवस्थापकमा प्रकाश श्रेष्ठ, प्रशिक्षकमा छोनाम लामा, निर्णायकमा शुक्रबहादुर माझी तथा अफिसियलमा बुद्धिमाया लामा र पातली तामाङ रहेका छन् । प्रतियोगिता माघ ४ र ५ गते हुने छ ।

टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मीलगायतले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे । सोही अवसरमा जनवरी १९ तारिखमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा निर्णायकको भूमिकामा भारतको मुम्बइ जान लागेका सुरेन्द्र श्रेष्ठलाई पनि बिदाइ गरिएको थियो । श्रेष्ठ माघ १ गते मुम्बइ जाँदै छन् ।

 

 

प्रकाशित: २७ पुष २०७६ १९:१५ आइतबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी