एलिकको कीर्तिमानी ब्याटिङमा वेस्ट इन्डिजको सानदार जित

एलिकको कीर्तिमानी ब्याटिङमा वेस्ट इन्डिजको सानदार जित


युवा ओपनर ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडिआई खेलमा युएईलाई पराजितले गरेको छ। 

शारजहामा शुक्रबार राती भएको खेलमा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको छ । जितसँगै तीन खेलको ओडिआई सिरिज वेस्ट इन्डिज सिरिज क्लिन स्वीप गरेको हो । युएईले दिएको १ सय ८५ रनको लक्ष्य वेस्टइन्डिजले ३५ दशमलब १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । 

वेस्ट इन्डिजको जितमा डेब्यू खेल खेलेका २४ वर्षीय एलिक एथानाजेले कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए । एलिकले ४५ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

उनले ओडिआई क्रिकेटमा डेब्यू खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबर गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए । उनले भारतीय अलरान्डर क्रुनाल पान्ड्यासँगको कीर्तिमान बराबर गरेका हुन् । 

वेस्टइन्डिजका केविन सिन्क्लेयरले ७ दशमलब १ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । यानिक कारियहले २ विकेट लिए। एक सातापछि जिम्बावेमा हुने विश्वकप छनोट अघि युएईले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेलेको हो ।

Logo