काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेकाे छ ।
हाइस्कोरिङ म्याचमा सरस्वतीले १२ औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराउँदै लिगमा पहिलो जित निकालेको हो । यद्दपी टोली पुछारबाट उक्लन भने सकेन । ५ अंक सहित नेपाल एपिएफ १३ औं स्थानमा छ भने सरस्वतीको ४ अंक पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सरस्वतीलाई जित दिलाउन काजिम बुसारीले २, विनोद केसी र मनिष थापाले गोल गरेका थिए । शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ, रवि थापाले गोल गरे ।
आजै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्रभु बैंक जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
प्रकाशित: १४ माघ २०७६ १४:४५ मंगलबार