डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु

डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु


बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । 

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । 

हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् । 

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले  पुगेको  लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । -सिन्ह्वा

Logo