‘जवान’ अघि पाँच फिल्ममा शाहरुखकाे दोहोरो भूमिका

‘जवान’ अघि पाँच फिल्ममा शाहरुखकाे दोहोरो भूमिका


शाहरुख खानको फिल्म ‘जवान’ को रिलिजको लागि फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन्। फिल्मबाट उनको लुक सार्वजनिक भएको छ, जसलाई देखेर उनका फ्यानहरु निकै उत्साहित हुन पुगेका छन् । जान्नुहोस् ‘जवान’ अघि कुन–कुन फिल्ममा किंग खानले गरे त डबल रोल ? 

पहेलीः सन् २००५ मा रिलिज भएको यो फिल्ममा शाहरुख खानले दोहोरो भूमिका निभाएका थिए। उनले राजस्थानी व्यापारी र भूतको भूमिका निभाएका थिए । १२ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा खास केही देखाउन सकेन तर आफ्नो लागत उठाउन भने अवश्य सफल भयो ।

डनः शाहरुख खानको यो फिल्म सन् २००६ मा रिलिज भएको थियो र यसले बक्स अफिसमा आतंक मच्चाएको थियो। यस फिल्ममा शाहरुख खान डबल रोलमा देखिएका थिए । ३८ करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा १०६ करोडको व्यापार गरेको थियो।

रा वनः सन् २०११ मा रिलिज भएको रा वन चर्चामा थियो। यसमा शाहरुख खानले वैज्ञानिक र रोबोटको भूमिका निर्वाह गरेका छन्। यस फिल्मका निर्माता शाहरुख खान स्वयं थिए। यसलाई बनाउन १३० करोड खर्च भएको थियो भने फिल्मले विश्वभर २०० करोडभन्दा बढी कमाएको थियो। 

फ्यानः शाहरुख खानले सन् २०१६ मा ‘फ्यान’ मा काम गरेका थिए, जुन एक फरक र नयाँ फिल्म आउट अफ द बक्स थियो। मनीष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा नराम्रो कमाई गरेको थियो। यसमा उनले आफ्नै भूमिका निर्वाह गरे र उनको चरित्रको फ्यान पनि बने।

डुप्लिकेटः महेश भट्टको यो फिल्म सन् १९९८ मा रिलिज भएको थियो, जसमा शाहरुख खानले नायक र भिलेनको भूमिका निर्वाह गरेका थिए। तर यो फिल्मलाई दर्शकले खासै मन पराएनन् र बक्स अफिसमा फ्लप भयो। यस फिल्ममा जुही चावला र सोनाली बेन्द्रे पनि थिइन्।

Logo