नेपालको स्वास्थ्य र शिक्षामा नोना कोइरालाको योगदान महत्वपूर्ण छः शेखर कोइराला

नेपालको स्वास्थ्य र शिक्षामा नोना कोइरालाको योगदान महत्वपूर्ण छः शेखर कोइराला


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.शेखर कोइरालाले स्व.नोना कोइरालाले गरीब, विपन्न एवं पछाडि परेका नागरिकहरुलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलव्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको विराटनगर–४ स्थित इक्राहीमा आयोजित  साधारण सभामा नेता कोइरालाले स्व. कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वन्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पुरा गरेको विचार व्यक्त गरेका छन् ।

उनले प्रतिष्ठान सेवामुलक संस्था भएकोले मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकता रहेको पनि बताए । उनले प्रतिष्ठानले विपदको समस्या नागरिकहरुको घर निर्माण गर्नुका साथै खाद्यान्न, स्वास्थ्य सेवा उपलव्ध गराएको जानकारी दिँदै यस कार्यलाई सञ्चारकर्मीहरुले उचित प्राथमिकता नदिएको गुनासो पनि व्यक्त गरेका छन् । 

Skip This
Logo