प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयोः अध्यक्ष ओली

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयोः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दावी गरेका छन्।

आज काठमाडौँमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलकोर सीमासमस्या बारे टुङगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दावी गरेका हुन्। 

उनले भने,‘अहिलेका प्रधानमन्त्री भारत जानु भयो केके सम्झौता गर्नुहुन्छ केहि बताउँनुहुन्न जे गर्नुपर्ने त्यो केहि पनि काम गर्नुभएन। हाम्रो भूगोलको बारेमा सीमाको बारेमा जो भारतले विभाजित बनाउँन खोजेको छ। त्यस सम्बन्धमा टुङगो लागेन यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाइयो सत्ता स्वार्थ प्रदान भयो राष्ट्रिय स्वार्थ प्रदान भएन।’

उनले विभिन्न सन्धि सम्झैताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ बनाउँनको लागि ईपीजी गठन गरेता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको उनको भनाइ छ। 

उनले भने,‘विभिन्न सन्धि सम्झैताको अध्ययन गरेर नेपाल र भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित र सुमधुर र सुदृढ कसरी बनाउँने त्यस सम्बन्धको लागि ईपीजी गठन गरिएको थियो त्यस विषयमा कुरा उठाउँन भनिएको थियो उठाउँनु भएन।’अध्यक्ष ओलीले सरकारले बेठीक गर्दै जाँदाआफूहरुको समर्थन हुन्छ भन्ने कुरा कल्पना पनि नगर्न नमिल्ने बताए। 

Logo