बालेनकाे सचिवालयले भन्याे- ‘प्रश्रव पीडामा रहेकी मेयर पत्नीलाई प्रहरीले देखाएको व्यवहार निन्दनीय’

बालेनकाे सचिवालयले भन्याे- ‘प्रश्रव पीडामा रहेकी मेयर पत्नीलाई प्रहरीले देखाएको व्यवहार निन्दनीय’


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले असभ्य व्यवहार गरेको बताएको छ ।  

शनिबार राति सामाजिक सञ्जालमामार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने मेयर बालेनको चेतावनीले तरंग फैलिएपछि उनको निजी सचिवालयले स्पष्टीकरण दिएको हो । प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरेको र असभ्य व्यवहार देखाएकाे बताइएको छ । 

शनिबार साँझ स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा मेडिसिटी अस्पताल गएकी मेयर पत्नी सविनालाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेपछि यो विवाद भएको हो । 

‘आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयु (NICU)मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’ विज्ञप्तिमा भनिएको छ, ‘प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक छ ।’

हेर्नुहाेस्, बालेन सचिवालयको स्पष्टीकरण-

 

Logo