भारतविरुद्ध विष्फोटिङ ब्याटिङ गरिरहेका कुशल भुर्तेल आउट

भारतविरुद्ध विष्फोटिङ ब्याटिङ गरिरहेका कुशल भुर्तेल आउट


नेपाललाई एसिया कपमा भारतविरुद्ध पहिलो झड्का लागेको छ । 

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भएका हुन् । उनले २५ बलमा २ छक्का र ३ चौकासहित ३८ रन जोडे । उनी नवौं ओभरको शार्दुल ठाकुरको पाँचौ बलमा क्याच आउट भएका हुन् ।

साथै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । खेलमा ६ रन बनाएपछि उनले ४६औं खेलमा एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।

तर, भारतविरुद्ध उनको सुरुवात भने राम्रो रहन सकेन । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले भुर्तेलको क्याच छाडेका थिए । यसैगरी पाँचौं ओभरमा उनको बल क्याच विकेटकिपर इशान किशनले छाडेका थिए । 

पहिलो १० ओभरको खेल सकिँदा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको छ । हाल क्रिजमा आशिफ शेख र भीम सार्की रहेका छन् । 
 

Logo