अग्नी पिडीतले पाए नगद र स्वास्थ्य सामाग्री

अग्नी पिडीतले पाए नगद र स्वास्थ्य सामाग्री


मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढी बजारमा केही दिन पहिला भएको आगलागी प्रभावित पिडीतहरुले नेपाल रेडक्रस सोसाइटी मुगु जिल्ला शाखा कार्यालय मुगु बाट नगर तथा स्वास्थ्य सामाग्रीहरुको राहत वितरण गरेको छ ।

यहि असोज ६ गते राती अचानक भएको आगलागी बाट प्रभावित ३१ घर परिवारका लागि तत्काल आवश्यक सामग्री खरिदका लागि प्रति परिवारका नगद रुपैया १५ हजारका दरले नगद वितरण उपलब्ध गरिएको छ  प्रत्येक परिवारका लागि डिगनीटी किट, सरसफाई सामग्री र स्वास्थ्य सामग्रीहरु वितरण गरेको रेडक्रस सोसाईटी मुगु शाखाका सभापति जय बहादुर मल्लले जानकारी दिएका छन  ।

आगलागीबाट प्रभावित भएका ४७ जना बालबालिकाहरुका लागि स्कुल कपडा, स्टेशनरीसामानको तत्काल खरिद गरी पठनपाठनमा सह जगर्नको लागी प्रति बिद्यार्थि नगद रुपैया  ३हजारकारदरले नगद वितरण गरिएको छ । जहिले पनि आगलागी होप वा अन्य जुनसुबै दैबिकप्रकोप पर्दा मानव उद्दारको लागी डिलो होसवा चाडोहोस पिडीतको घाउमा मलम पटिलगाउन  नेरेसो जिल्ला शाखा मुगुबाट सदैब लागी रहेको छौं । नेरेसोको नियम अनुसार प्रारम्भिक दु्रत लेखाजोखा र विस्तृत सर्वेक्षणको प्रतिवेदनको आधारमा र छाँयानाथ रारा नगरपालिकाबाट प्रमाणित गरिएको विवरणको आधारमा राहत वितरण गरिएको नेपाल रेडक्र्स सोसाईटी शाखा मुगुका मन्त्री रत्नसिंह मल्लले बताएका छन  ।

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख मन्जन बहादुर कार्की, नगरप्रमुख बिस्नु कुमार भाम,ऐश्वय मल्ल उपप्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी रबिन्द्र ओखडा, सुरक्षा निकाय, पत्रकारहरु, नागरिक समाज र केन्द्रीय कार्यालयको प्रतिनिधिहरुको उपस्थितिमा राहत बितरण गरीएको समेत मन्त्री मल्लले बताएका छन ।

अचानक लागेको सबै आगोले मोवाईट पसल जलेर ५० लाख भन्दा बढीको सम्पति भाडाकुडा घर, लताकपडा, खाद्यान्न जलेर नष्ट हुदा अहिले आफन्तका घरमा बस्नु परेको छ । केही थोरै भए पनि नगद र स्वास्थ्य सामाग्री नेपाल रेडक्र्रस सोसाईटी बाट पाउदा निकै खुसी लाग्यको अग्नी पिडीड तत्कालको लागी बालबच्चालाई लता कपडा र पठन पाठनको लागी राहान हुर्ने अग्नी पिडीत शेर बहादुर मल्लले बताएका छन ।

Logo