युरोकप छनौट अन्तर्गत बेल्जियमले अजरबैजानलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बेल्जियमले अजरबैजानलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए। त्यस्तै अर्को गोल लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए। यस खेलमा अजरबैजानका एडी पासकुलले खेलको २४औं मिनेटमा रातो कार्ड कार्ड पाएका थिए।
यो जितसँगै युरोकप छनौटको समुह एफमा ८ खेलमा २० अंकसहित पहिलो हुँदै युरो कपमा छनौट भएको छ। यस समुहबाट अस्ट्रिया ८ खेलमा १९ अंकसहित दोस्रो हुदै युरोकपमा छनौट भएको छ। त्यस्तै अजरबैजानको भने ८ खेलमा ७ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ।
प्रकाशित: ४ मंसिर २०८० ०९:२६ सोमबार