खेलकुद प्रदेश १

ताप्लेजुङ फुटवल संघको कागजात जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङ फुटवल संघको कागजात जलेर नष्ट भएका छन् । गत शुक्रबार फुङलिङ बजारमा भएको आगलागीको कारण ताप्लेजुङ जिल्ला फुटवल संघको भौतिक पूर्वाधार, खेल सामाग्री र सम्पुर्ण कागजात जलेर नष्ट भएका हुन् ।

ताप्लेजुङ फुटवल संघले सामाजिक संजाल फेसबुकमार्फत कार्यालय र सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उल्लेख गरेको छ ।
‘यस कार्यलयको फुटवल खेल सामाग्रीहरु र अन्य भौतिक सामाग्रीहरु लगायत सम्पूर्ण कागजातहरु जलेर नष्ट भएका छन’–बालकुमार सांवाको अध्यक्षतामा रहेको संघले आफ्नो फेसबुक पेजमा लेखेको छ ।

त्यस्तै संघले घटना र क्षतिपूर्तिबारे एन्फालाई समेत जानकारी गराएको उल्लेख गरिएको छ । पेजमा भनिएको छ–‘यस घटना र क्षति विवरणबारे जिल्ला फुटवल संघले अखिल नेपाल फुटवल संघ (एन्फा) लाई समेत जानकारी गराईसकेको छ ।’ एन्फासँग आवद्ध ४५ वटा जिल्ला संघ रहेका छन् । जसमा ताप्लेजुङ पनि एक हो ।

त्यस्तैगरी संघले शुभेच्छुकको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दै एकजुट भएर संघलाई अझ व्यवस्थित र मजबुद बनाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रकाशित: २५ वैशाख २०७७ १८:०३ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी