११ असार २०७९ शनिबार
1
1
1
1

१२ हजार दर्शक क्षमताको च्यासल खेल मैदान निर्माण हुँदै (भिडियाेसहित)

1
1
1
1

काठमाडौं ।

ललितपूरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिवेला धमाधम भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निर्माण भइरहेको मैदान असार मसान्तसम्म सक्ने लक्ष्य लिए पनि विश्वभरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मंसिरसम्म लम्बिएको छ ।

उमेर समूहका खेलदेखि दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदैछ । ३० करोड लगानीमा निर्माण गर्न लागिएको मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ । मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन ।

१२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ । डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहे पनि कोरोनाका कारण मंसिर सम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताए । लकडाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो । आयोजनाको म्याद मंसिरसम्म थप गरिए पनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।

०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्याराफिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ । बागमती नदीको किनार भएकाले वर्षा याममा बाढी रोक्न पर्खाल बनााइएको छ । अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ । त्यसका लागि राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड माग गरेको छ ।

निर्माण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ । त्यस पश्चात एन्फाले एसियाली फुटबल महासंघको आर्थिक सहयोगमा फ्लड लाईट राख्ने सहमति एन्फासँग भएको छ । ग्रासरुटबाट फुटबल विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ मैदान निर्माणका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सारेका थिए । आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ । साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्प्लेक्स र रंगशालाको मात्र भर पर्नु पर्ने बाध्यता पनि हट्नेछ ।

प्रकाशित: ९ साउन २०७७ १५:२६ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी