१४ माघ २०७८ शुक्रबार

खेलाडीको अभिनय रहेको ‘अफसाईड’ वेब सिरिज प्रशारणमा

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रहिसकेका खेलाडीहरुको अभिनय रहेको ‘अफसाईड’ नामक वेब सिरिज प्रशारणमा आएको छ ।

नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीहरुको सहकार्यमा निर्माण भएको वेब सिरिज बिहीबारबाट प्रशारणमा आएको हो । १२ भागको हुने सिरिजको पहिलो भाग बिहीबार युट्युबबाट प्रशारण गरिएको हो ।

वेब सिरियलको निर्माण कार्य गत असार २१ गतेदेखि काठमाडौंको कुलेश्वरस्थित गणेश मन्दिरमा विधिपूर्वक पूजाआजा गरेर शुभारम्भ गरिएको थियो ।

वेब सिरिजमा नेपालका विभिन्न ए डिभिजन फुटबल क्लबबाट खेलेका आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेस खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कप्तान कमल श्रेष्ठ, संकटा क्लबका कप्तान रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक सुगन कुमार तण्डुकारको अभिनय रहेको छ । खेलाडीहरुलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गरेकी छिन् ।

प्रकाशित: ९ साउन २०७७ १५:१८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी