1
1
1
1
1

रोनाल्डोलाई पछि पार्दै पाउलो ‘प्लेयर अफ दी ईयर’

1
1
1
1
1
1

काठमाडौं ।

युभेन्ट्सका फरवार्ड पाउलो ड्याबालाले सिरि ए ‘प्लेयर अफ दी ईयर’ अवार्ड प्राप्त गरेका छन् । क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको ‘प्लेयर अफ दी ईयर’ अवार्ड हात पारेका हुन् ।

सिरि एले बार्षिक रुपमा प्रदान गर्ने अवार्ड ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा सो अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले सो अवार्ड प्राप्त गरेका थिए ।

इटालियन फुटबलको सर्वोच्च संस्थाले अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीलाई मुल्यवान खेलाडीको रुपमा अवार्ड प्रदान गरेको हो । ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।

रोनाल्डो युभेन्ट्समा आएपछि ड्याबाला नयाँ भूमिकामा आफूलाई स्थापित गर्न प्रयासरत छन् । मौरिसियो सर्री युभेन्ट्स आएपछि ड्याबालालाई नयाँ जिम्मेवारी दिइएको छ ।

प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलाई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे । रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसँग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।

प्रकाशित: २१ साउन २०७७ १४:०७ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी