१० असोज २०७८ आइतबार

फुटबल प्रशिक्षण नरोकिने

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसको प्रतिकुलताको बाबजुद राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको छ । काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनको घोषणा गरे पनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।

विश्वकप छनोटको दोस्रो चरणको तयारी स्वरुप एन्फाले भदौ १ गतेबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्दैछ । एन्फाले सबै खेलाडीको कोरोनाको परिक्षण गरेर सातदोबाटोस्थित एन्फा होस्टेलमा खेलाडीलाई राखेर प्रशिक्षण अघि बढाउने तयारी गरेको छ ।

राष्ट्रिय टिममा बोलाइएका अधिकांश खेलाडी उपत्यकामा जम्मा भईसकेका छन् । एन्फाले खेलाडी राख्ने होस्टेललाई निर्मलीकरण गरेर खेलाडीको कोरोना जाँच गर्ने तयारी छ ।

खेलाडीको परिक्षण लगत्तै उनीहरुलाई होस्टेलमा लगेर राखिनेछ । प्रशिक्षणका क्रममा खेलाडीले अपनाउनु पर्ने नियमका बिषयमा एन्फाले १७ बुँदे प्रोट्रोकल समेत तयार पारिसकेको छ ।

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि अनुमति प्रदान गरेको छ । सोही अनुसार प्रशिक्षण अघि बढ्नेछ । कोरोनाका कारण अवस्था प्रतिकुल बने पनि जोखिमरहित तरिकाले खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने ती पदाधिकारीले बताए ।

एन्फाले खेलाडीलाई समूहमा विभाजन गरेर प्रशिक्षण गराउने तयारी गरेको छ । कम्तिमा १० देखि १२ जनाको समूहमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराईनेछ । कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएर खेलाडीको अभ्यास सुरु गरिने एन्फाले बताएको छ ।

सातदोबाटोस्थित एन्फा होस्टेलको निर्मलीकरणको काम सम्पन्न नभएका कारण खेलाडीको कोरोना परिक्षण अघि बढ्न सकेको छैन । टिम म्यानेजर मधुसुुदन उपाध्यायले कोरोना परिक्षणको समय केही ढिला भए पनि प्रशिक्षण भने निर्धारित मितिमै हुने जानकारी दिएका छन् । उनका अनुसार खेलाडीको प्रशिक्षण भदौ १ गतेबाटै सुरु हुनेछ ।

प्रकाशित: २५ साउन २०७७ १५:१७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी