काठमाडौं ।
गएराति भएको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।
पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १०९ रन बनाएर अलआउट भएपछि पञ्जाबले ९७ रनको जित हासिल गरेको हो ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारि खेलेका थिए । राहुलले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेर आफ्नो शतक पूरा गरे ।
आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुँदैछ ।
प्रकाशित: ९ आश्विन २०७७ ०७:१८ शुक्रबार