११ कात्तिक २०७८ बिहीबार

ला लिगामा रियल म्याड्रिडको कठिन जित

ला लिगामा रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ ।  गएराति सम्पन खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।

२-२ गोलको अवस्थामा रियलले पाएको पेनाल्टीलाई रामोसले खेलको ८२औ मिनेटमा गोलमा परिणत गर्दै रियललाई जित दिलाएका थिए ।

प्रकाशित: ११ असोज २०७७ ०६:५१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी