काठमाडौं ।
यूएईमा जारी १३ औं संस्करणको आईपीएलमा सनराइजर्स हैदराबादले आफ्नो तेस्रो जित दर्ता गरेको छ । गए राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित दर्ता गरेको हो ।
हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाबले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई उनको टोलीले जित्न सकेन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा समाएको छ भने पन्जाब ६ खेलमा पाँच हार र एक जितसहित तालिकाको अन्तिममा छ ।
प्रकाशित: २३ असोज २०७७ ०६:२५ शुक्रबार