२० असार २०७९ सोमबार
1
1
1
1

आईपीएल : दिल्लीद्वारा राजस्थान रोयल्स १३ रनले पराजित

1
1
1
1

काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । दिल्लीको सुरुवात भने राम्रो रहन सकेन ।

सुरुमै दुई विकेट लिएर राजस्थानको जोफ्रा आर्चरले दिल्लीलाई दबाबमा ल्याएका थिए । उनले तीन विकेट लिँदा जयदेव उनादकटले २ विकेट लिए ।

राजस्थानले २० ओभरमा सात विकेट गुमाउँदा १६१ रनमा रोकियो । जवाफमा राजस्थानले ८ विकेटको क्षतिमा १४८ बनाएपछि दिल्लीले जितको लय समातेको हो ।

जितपछि दिल्लीले आठ खेलमा १२ अंक बनाएको छ । उसले अहिलेसम्म ६ खेलमा जित निकालेको छ । राजस्थानको भने यो पाँचौ हार हो ।

प्रकाशित: २९ असोज २०७७ ०६:५५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी