खेलकुद

आईपीएल : पञ्जाबद्वारा रोयल च्यालेन्जर्स बेङ्ग्लोर ८ विकेटले पराजित

काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्ग्स इलाभेन पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको छ।

बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले अन्तिम बलमा निकालोस पुरनको छक्का प्रहारसँगै जित पक्का गरेको हो । पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । बेङ्ग्लोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए ।

प्रकाशित: ३० आश्विन २०७७ ०७:०१ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी